Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘साथ-साथ’, को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/15
सुमन घिमिरेको निर्देशनमा फिल्म ‘साथ-साथ’ बन्ने भएको छ । फागुन दोस्रो साताबाट छायांकन सुरु हुन लागेको यो फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । फिल्ममा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता छ । 
 
रेशा श्रेष्ठको लगानीमा निर्माण हुने फिल्ममा शुशील पोख्रेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 
यो फिल्मबाट आशिष अर्यालले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । श्री तिमल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने फिल्मको कथा कलाकार शुशील पोख्रेलले लेखेका हुन् । 
 
 
फिल्मलाई वर्ष २०७५ माघ १ गते रिलिज गर्ने निर्देशक घिमिरेले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले भने, ‘साथ-साथ’ लाई उत्कृष्ट बनाउन मैले आफ्नो तर्फबाट कुनैै कसर बाँकी राख्ने छैन । जोश बोकेको टीम भएका कारण पनि फिल्म राम्रो बन्नेमा ढुक्क छु ।’
 
यस्तै, नव-नायक आशिषले ‘साथ-साथ’ आफ्नो करिअरका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘कथा साह्रै मन पर्‍यो अनि मेरो आफ्नो भूमिका पनि । यो फिल्म मेरो करिअरको टर्निङ प्वाइन्ट बन्छ भन्नेमा आशावादी छु ।’ 
 
फिल्ममा शिव ढकालको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, रुपेश बाँस्कोटाको संगीत, एन.वी महर्जनको द्वन्द्व र रामजी लामिछानेको नृत्य रहने छ । फिल्म लभस्टोरी जनरामा निर्माण हुनेछ । 
Most Visited News (monthly)