Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कोहलपुर एक्सप्रेस’ गीतमा छल्कियो केकी र विनोदको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/02/14
 
सफल म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गरेको डेब्यू फिल्म ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । 'भ्यालेन्टाइन डे' को अवसरमा सार्वजनिक गरिएको ‘अब मनसँग मन’ बोलको गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ ।
 
भिडियो कलरफूल बनेको छ । केकी र विनोदको जोडी गज्जब सुहाएको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत सुन्न सकिन्छ । फेरि एकपटक अर्जुनले मिठो शब्दमा मनछुने संगीत भरेका छन् । 
 
गम्भीर बिष्ट गीतका कोरियोग्राफर हुन् । ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 
 
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । 
 
भिडियो :-
 
शान बस्नेतको कथा र लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । यो फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘सि-ओे-डब्लु काउ’ बोलको गीतलाई पनि दर्शकले राम्रो रुचाएका छन् । 
Most Visited News (monthly)