Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ को शीर्ष गीत रिलिज, जसितालाई फकाउँदै प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2018/02/14
‘भ्यालेन्टाइन डे’ अर्थात्, प्रणय दिवस प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । ‘भ्यालेन्टाइन डे’ आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । 
 
यस्तैमा प्रेम गर्नेहरुका लागि लक्षित गर्दै ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नव-नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ ।
 
 
प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ । एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ । 
 
यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ । 
 
भिडियो :-

 
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । 
 
मिलन चाम्स निर्देशित यो फिल्म स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । 
 
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
Most Visited News (monthly)