Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरु भयो खगेन्द्र र सौगातको ‘जय भोले’ छायांकन

फिल्मीखबर, काठमाण्डौ, 2018/02/14
दशकपछि फिल्म निर्देशनमा कमब्याक गरेका निर्देशक अशोक शर्माले निर्देशन गर्ने फिल्म ‘जय भोले’ को छायांकन सुरु भएको छ । मंगलबारदेखि पूर्वी नेपालको झापाबाट फिल्मको छायांकन आरम्भ भएको हो । 
 
 
अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भयो । यस मन्दिर महाभारतमा अर्जुनले वाण प्रहार गरेर पानी निकालेको प्रसंगसँग वर्णित छ । शिवरात्री छेकोमा सुटिङ थालनी भएको हो । 
 
छायांकनको पहिलो दिन स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङले टेक दिए । ४० दिनसम्म खिचिने फिल्मको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ । 
 
सलोन बस्नेत, राजाराम पौडेल पनि फिल्ममा मुख्य भूमिकामा छन् । फिल्म वल्र्ड प्रा.लि. र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा बन्न लागेको हो । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा फिल्मको निर्मातामा रहेका छन् । 
 
 
१ करोड ६० लाख बजेटमा निर्माण हुने फिल्मले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा बोल्ने छ । फिल्ममा खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद छ । 
 
पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य रहने फिल्मको द्वन्द्व निर्देशकमा रोशन विक्रम भट्टराई रहेका छन् । 
Most Visited News (monthly)