Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भाइरल गर्ल’ प्रियाले गर्लिन् बलिउडमा डेब्यू ?

एजेन्सी, मुम्बई, 2018/02/14
समाजिक सञ्जालमा एक युवतीको तश्बिर यतिबेला खुब भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ । धेरैले उनको तश्बिरमा लोभलाग्दा कमेन्ट गरेका छन् ।
 
उनी भारतको मलयालम नायिका प्रिया प्रकाश वारियर हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन् । उनको डेब्यू फिल्म ‘ओरु अदार लभ’ हो । यही फिल्मको ‘मानिक्या मलाराया’ भिडियो गीत अहिले भाइरल भइरहेको छ ।
 
 
साउथकी यी एक्ट्रेसको पपुलारिटीलाई मध्येनजर गर्दै चाँडै बलिउडका मेकर्सले उनलाई साइन गर्न होड लाग्ने देखिएको छ । एक इन्टरभ्यूमा प्रिया प्रकाशलाई मलयालम फिल्मपछि बलिउडमा काम गर्ने विषयमा प्रश्न गरियो ।
 
यस विषयमा उनले भनिन्, ‘मलाई हरेक भाषाका फिल्ममा काम गर्न मन छ । बलिउडमा त झन काम गर्न निकै इच्छुक छु ।’ 
 
प्रिया बलिउडमा ‘पद्मावत’ हिरोइन दीपिका पादुकोणको फ्यान हुन् । यति मात्र होइन, उनी दीपिकाको फेभरेट डाइरेक्टर सञ्जय लीला भंसालीसँग काम पनि गर्न इच्छुक छिन् ।  
 
इन्टरभ्यूको क्रममा उनले रणवीर सिंह, शाहरुख खान वा सिद्धार्थ मल्होत्रासँग काम गर्न मन रहेको पनि बताइन् । 
Most Visited News (monthly)