Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र आकाशको ‘रामकहानी’ सुरु

फिल्मीखबर, काठमाण्डौ, 2018/02/14
 
अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नयाँ फिल्मको छायांकन सुरु भएको छ । ‘रामकहानी’ नाम राखिएको फिल्मको मंगलवार पोखराको माथिल्लो रमणिय डाँडा कास्कीकोटमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । 
 
नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले पहिलो टेक दिए । मुहूर्त अगाडि सुदर्शन, पूजा, आकाश, राजाराम, केदार घिमिरे ‘माग्ने बुढा’ ले विन्दावासिनी मन्दिरमा पुजाआजा गरेका थिए । 
 
निर्देशक थापाका अनुसार, कास्कीकोटमा करीब २ हप्तासम्म फिल्मको छायांकन चल्ने छ भने बाँकी काठमाडौंमा हुनेछ । ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकाउने तयारीमा निर्माण यूनिट छ । ‘रामकहानी’ को कथा निर्देशक सुदर्शन आफैंले लेखेका हुन् । फिल्मको रिलिज डेट भदौ २२ गतेलाई कन्फर्म गरिएको छ । 
 
 
पूजा र सुदर्शनको संयूक्त लगानी रहने फिल्ममा जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएको चर्चा छ । 
 
लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’ का गीतमा अर्जुन पोखरेलको संगीत रहने छ । सौरभ लामाले फिल्म खिच्नेछन् । यसअघि सुदर्शन थापाले 'मेरो एउटा साथी छ', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु' जस्ता लभस्टोरी फिल्म निर्देशन गरिसकेका छन् । 
Most Visited News (monthly)