Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भ्यालेन्टाइन डे’ विशेष : १० प्रेमिल फिल्मी डाइलग

फिल्मीखबर, काठमाण्डौ, 2018/02/14
आज फेबुअरी १४ अर्थात 'भ्यालेन्टाइन डे' । विश्वभरका युवा युवतीहरुले माया साटासाट गरेर यो दिवस मनाइरहेका छन् । नेपालमा पनि यो दिवसले युवा युवतीलाई तताएको छ । पश्चिमा देशहरुमा मनाइँदै आएको 'भ्यालेन्टाइन डे' दिवस पछिल्लो समय नेपालमा पनि धुमधामसँग मनाउन थालिएको छ । 
 
 
'भ्यालेन्टाइन डे' मा हरेक कपललाई आफ्नो पार्टनरबाट एक उपहारको आश हुन्छ । कतिपय अवस्थामा एकअर्काको लागि मिठो वचन नै उपहारमाथि भारी पर्न जान्छ । नेपाली फिल्मको जस्तै कयौं पटक रियल लाइफमा पनि प्रेमी-प्रेमिका आफ्नो 'लभ एक्सप्रेस' गर्नका लागि रोमान्टिक र प्रेमिल फिल्मी डाइलगको सहारा लिने गर्छन् । 
 
उनीहरुलाई लाग्छ कि यसबाट उनको पार्टनरलाई निकै राम्रो इम्प्याक्ट पर्छ । कयौं नेपाली फिल्ममा प्रेमको प्रस्तावलाई लिएर निकै सुन्दर डाइलगहरु लेखिएका छन् । यो प्याकेजमा हामी 'भ्यालेन्टाइन डे' को अवसरमा तिनै रोमान्टिक डाइलगहरुलाई ताजा बनाउने प्रयास गर्दैछौ । 
 
१. प्रेमको आभास हो तिमी । पल पलको मेरो सास हो तिमी । जिउने एक मात्र आश हो तिमी । त्यसैले त खास छौ तिमी । -ए मेरो हजुर २
 
२. जसलाई चाहन्छु नी उसको लागि ज्यान दिन्छु । तर, जीवनबाट जान दिन्नँ । -जोनी जेन्टलम्यान
 
३. आज थाहा पाउँदैछु । यो पानीसँगको सम्बन्ध । प्रत्येक थोपाले तिम्रो आभास गराउँदो रहेछ । अनि म त्यसमै हराउँदो रहेछु । -नोभेम्बर रेन
 
४. तिमीले सोध्थ्यौ नी मलाई किन यति धेरै माया गर्छौ । आज बल्ल थाहा पाएँ । जोसँग मिल्न भाग्यमै लेखेको हुन्न उसैसँग सबैभन्दा धेरै माया हुँदो रैछ । -ड्रिम्स 
 
५. मन पराएकालाई स्वीकार गर्न सजिलो छ । हाँसी-हाँसी विदा गर्न पो हिम्मत चाहिन्छ । -लभ लभ लभ 
 
६. मैले भनेको थिएँ नी म आफू भित्र जम्मा गरेर राखेको सप्पै माया एकदिन कसैलाई फिर्ता दिन चाहन्छु भनेर । तर, तिमीले दिएको माया चाहिँ कसैलाई पनि दिन्नँ । आफैं भित्र राख्छु । -लभ सासा 
 
७. जुन दिन तिमीलाई माया गर्न मलाई कारण चाहिन्छ नी त्यो माया होइन स्वार्थ हो । -ग्याङस्टार ब्लूज 
 
८. आफैंलाई भुलेर कसैको यादमा रुझ्नु सायद यही नै माया हो । -सायद २
 
९. मलाई थाहा छ तिमीले मलाई एक दिन मन पराउछु भनेर भन्ने छौ । तर भन्न ढिला नगर्नु नी । नत्र तिमीले भनौंला मैले नसुनुला । -नाई नभन्नू ल 
 
१०. मुटु दुइटा हुँदैन । एउटा थियो । तिमीलाई दिए । -नाई नभन्नू ल ३   
Most Visited News (monthly)