मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

‘कृ’ को स्पेशल स्क्रिनिङ, यस्तो आयो फिडब्याक (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/12
 
विभिन्न प्राविधिक कारणले प्रिमियर हुन नपाएको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ को आइतवार साँझ स्पेशल स्क्रिनिङ गरिएको छ । आइतवार प्रिमियर शैलीमा आयोजना गरिएको विशेष शो मा चलचित्रकर्मी, पत्रकार र विभिन्न संघ-संस्थाका व्यक्तिसँगै युवा स्टार अनमोल केसीका फ्यानहरु पनि उपस्थित थिए ।  
 
टाटा कम्पनीको ट्यागोर गाडीमा साँझ करीब साढे ६ बजे कुमारी हल पुगेका अनमोलको एक झल्को हेर्न केही युवतीहरु कलेज ड्रेसमै हातमा गुलाबको फूल बोकेर बसेका थिए । युवतीहरु ‘आई लभ यू अनमोल’ भन्दै रुन थालेपनि अनमोलले आफ्ना फ्यानलाई अंगालो मारे ।
 
६ जना बडिगार्डले उनलाई सुरक्षा दिएका थिए । कुमारी हलको छेवैको सडकमा कुदिरहेका गाडीहरु अनमोलको एक झल्को देखिएपछि रोकिन थाले । बाटोमा कुदिरहेका गाडीबाट बच्चादेखि युवतीहरु अनमोलको नाम लिँदै चिच्याइरहेको देख्न सकिन्थ्यो ।
 
 
नव-नायिका अदिती बुढाथोकीका इन्स्टाग्राम फ्यानहरु पनि ‘कृ’ को स्पेशल स्क्रिनिङमा पुगेका थिए । यस्तै, नायक अनुप विक्रम शाही आफ्ना फ्यानहरुसँग केहीबेर सेल्फीमा रमाए । 
 
 
झन्डै ७ बजे फिल्म सुरु भयो । साढे ९ बजे सकियो । त्यसपछि हलबाट निस्किएका व्यक्तिहरुको प्रतिक्रिया बुझ्न मिडियाका क्यामेराहरु ठडिए ।
 
सरोज खनाल, शोभित बस्नेत, नरेन खड्का, किरण केसी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, सञ्चारकर्मी रवि लामिछाने, भुवन चन्द, प्रदीप भट्टराई लगायतका चलचित्रकर्मीहरुले फिल्मको तारिफ गरे । 
 
छायांकन, मेकिङ र द्वन्द्व निर्देशनको पक्षलाई सबैले अब्बल माने । अनमोलको क्यूटनेशको तारिफ भयो । अनुप र अदितीको अभिनयलाई उत्कृष्ट भने । 
 
 
दोस्रो पटक फिल्म हेरेका अनमोल र अदितीले सबैबाट पाएको राम्रो प्रतिक्रियाबाट उत्साहित भएको सुनाए । निर्माता द्वय भुवन केसी र सुवास गिरीले स्पेशल स्क्रिनिङमा फिल्मले पाएको उत्कृष्ट प्रतिक्रियाले उर्जा थपेको बताए । 
 
यस्तै, निर्देशक सुरेन्द्र पौडेलले आफ्नो मिहिनेतलाई रुचाएकोमा सबैलाई धन्यवाद दिए । ३ करोड ग्रस लागतमा निर्माण भएको यो फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ३५ लाख माथीको कलेक्सन गरिसकेको छ ।
 
‘कृ’ ले आफ्नो लगानी सुरक्षित गर्न नेपालबाट ७ करोडको आसपासमा विजनेश गर्नु पर्छ । शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बर थियो । आइतवारबाट सिनेमा घरमा दर्शकको उपस्थिति सुखद छ । 
 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।