मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

युट्युबमा ‘लम्फू’ को अडियो गीत नै हिट

फिल्मीखबर, काठमाण्डौ, 2018/02/11
अहिले नेपाली फिल्मका शुभचिन्तकदेखि संगीतप्रेमी सबैको मुखमा गुञ्जिएको छ, ‘सँगै जिउने सँगै मर्ने..’ । माया नगरीमा राम्रै हिट भएको यो गीत फिल्म ‘लम्फू’ को हो । फिल्मको अडियो गीतलाई नै दर्शकले अत्याधिक मन पराएका छन् । 
 
युट्युबमा फिल्मका गीतको अडियोलाई निकै न्यून भ्यूज मिल्ने गर्छ । तर, ‘लम्फू’ को हकमा भने यस्तो भएन । ‘सँगै जिउने सँगै मर्ने..’ बोलको अडियो गीतलाई युट्युबमा अहिलेसम्म २ लाखभन्दा बढी पटक सुनिएको छ । १ हजार लाइक्स मिलेको गीतलाई सय बढी कमेन्ट प्राप्त छ । कमेन्टमा अधिकांशले गीतको तारिफ गरेका छन् भने भिडियोको प्रतिक्षामा रहेकोे लेखेका छन् । 
 
 
‘लम्फू’ मा समावेश अन्य तीन गीत ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ ले पनि युट्युबमा सन्तोषजनक भ्यूज पाएका छन् । फिल्मका चार गीतले मायाप्रेममा रोमान्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गरेका छन् । 
 
गीत संगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल' का संस्करणदेखि 'छक्का पन्जा २' सम्म पछिल्ला उदाहरण हुन् । त्यसैले पनि ‘लम्फू’को व्यापारिक सफलताको लागि यी गीतले ठूलो अर्थ राखेको छ ।
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ बाट नव-नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो फिल्ममा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । 
 
तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै फिल्ममा डेब्यू गरेकी हुन् । ‘लम्फू’ ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।
 
‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । वर्ष २०७५ बैशाख २८ मा रिलिज हुन लागेको यो फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ ।
 
अडियो गीत :-