मिति : २०७४ फाल्गुन ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्याडम्यान’ ले दुई दिनमा कति कमायो ?

एजेन्सी, मुम्बई, 2018/02/11
बलिउडस्टार अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मको कन्टेन्टलाई दर्शकले अत्याधिक रुचाएका छन् । एकपछि अर्को फिल्मबाट बक्सअफिसमा राज गरिरहेका अक्षयको यो फिल्मले पनि प्रदर्शनको दुई दिनमा जर्बजस्त कलेक्सन गर्न सफल भएको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामार्फत फिल्मको दुई दिने कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । पहिलो दिन १० करोड २६ लाख कमाएको यो फिल्मले दोस्रो दिन १३ करोड ६८ लाख कमाई गरेको छ । दुई दिनमा फिल्मले कूल २३ करोड ९४ लाख कलेक्सन गरेको छ ।  
 
 
प्रदर्शनको दुई दिनमा ‘प्याडम्यान’ ले गरेको सानदार कमाईपछि अब हेर्न यो बाँकी छ कि यो फिल्म वर्ष २०१८ को दोस्रो सय करोड क्लबमा इन्ट्री हुने फिल्म बन्छ वा बन्दैन ।
 
विकेन्ड कलेक्सन हेरेपछि मात्र फिल्मले सय करोडको खुड्किलो टेक्छ वा टेक्दैन भन्ने कुराकोे निर्धारण हुन्छ । फिल्मलाई मिलेको अहिलेसम्मको रेस्पोन्स भने गज्जब छ ।
 
फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् । 
 
यो फिल्मका निर्देशन आर बाल्की हुन् । फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् ।