मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा र प्रशान्तले छाडे ‘रानीमहल’, कारण यस्तो !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/11
निर्माण अगावैदेखि फिल्म ‘रानीमहल’ को गज्जब चर्चा छ । युवा स्टार प्रदीप खड्का र पल शाहले काम गर्न अवीकार गरेका कारण पनि यो फिल्मतर्फ सबैको ध्यान केन्द्रीत छ । यस्तैमा केही दिन अगाडि काठमाडौंको पाँचतारे होेटल अन्नपूर्णमा फिल्मको शुभ मुहूर्त गरियो । 
 
आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल लगायत नयाँ कलाकारहरुको मुख्य भूमिका रहने यो फिल्मबाट अन्ततः ‘ऐश्वर्य’ भिलेन प्रशान्त ताम्राकार र ‘पशुपतिप्रसाद’ फेम अभिनेत्री वर्षा सिवाकोटीले हात झिकेका छन् । आखिर किन ? 
 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै नायिका वर्षाले ‘रानीमहल’ का लागि आफूले चार वटा फिल्म छाडेको सुनाइन् । उनले भनिन्, ‘मैले असारमै फिल्म साइन गरेकी थिएँ । तर, माघ सकिन लाग्दासम्म पनि फिल्मको छायांकन सुरु भएन । म फागुनसम्म पनि पर्खिन तयार थिएँ तर छायांकन तत्काल सुरु नहुने भएपछि म बाहिरिएकी हुँ ।’ उनले साइनिङ अमाउन्ट पनि फिर्ता गरिसकेकी छिन् ।
 
यस्तै, प्रशान्तले पनि फिल्मको छायांकन ढिला सुरु हुने भएपछि ‘रानीमहल’ छाडेको जानकारी दिए । उनले भने, ‘अफिसियल रुपमा मैले साइनिङ अमाउन्ट फिर्ता गर्दै फिल्म छाडिसकेको छु । चाँडै मेरो नयाँ फिल्म ‘रणवीर’ को छायांकन सुरु हुँदैछ । म एकसाथ दुई फिल्मको सुटिङ गर्न सक्दिनँ । त्यसैले ‘रानीमहल’ छाडेँ ।’ फिल्म ‘ऐश्वर्य’ हिट भएपछि प्रशान्त अहिलेका ‘मस्ट डिमान्डेड’ अभिनेतामा पर्छन् । 
 
‘रानीमहल’ का निर्देशक हिमाल न्यौपाने हुन् । डेढ करोड लगानीमा बन्ने यो फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ । फिल्मका निर्माता बिमल भुसाल हुन् ।