मिति : २०७४ फाल्गुन ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ टिजर उपहार

फिल्मीखबर, काठमाण्डौ, 2018/02/11
‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतसँगैै स्टारकास्ट कलाकारका कारण यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ ले यतिबेला राम्रै हाइप बनाएको छ । यस्तैमा फिल्मको टिजर हलमा रिलिज भएको छ । 
 
प्रदर्शनरत फिल्म ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएको छ । यो टिजर चाँडै युट्युबमा पनि सार्वजनिक गर्ने तयारीमा निर्माण यूनिट छ । 
 
 
फिल्ममा पल शाह, आँचल शर्मा, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको प्रमुख भूमिका छ । 
 
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’ लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
 
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । 
 
चैत ९ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म क्षेत्र र दर्शकमा उत्साह देखिएको छ । मल्टिस्टार कलाकार भएका कारण पनि यो फिल्म हिट हुने अड्कल काटिएको छ ।