मिति : २०७४ फाल्गुन ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘पञ्चेबाजा’ गीत : केही बोल्न खोज्दै सौगात र कर्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/10
नायक द्वय सौगात मल्ल र कर्मा शाक्य स्टारर फिल्म ‘पञ्चेबाजा’ को नयाँ गीत रिलिज भएको छ । स्याड भर्सनको ‘म केही बोलुँ’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत छ भने राहुल विश्वासको स्वर तथा सविन एकतारेको शब्द छ ।  
 
सार्वजनिक गीतमा सौगात, कर्मा र नायिका जस्मिन श्रेष्ठको प्रेमपीडालाई प्रस्तुत गरिएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले एक गाउँका तीन पात्रको कथा बोल्छ । 
 
 
घनश्याम लामिछाने निर्देशित फिल्ममा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ । 
 
भिडियो :-