मिति : २०७४ फाल्गुन ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ ‘गाँजाबाजा’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/10
 
निर्माणको लामो समय पश्चात प्रदर्शनमा आउन लागेको फिल्म ‘गाँजाबाजा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फागुन २५ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकी देखाइएको छ । प्रोमो हेरेर दर्शकले फिल्म राम्रो बनेको हुन सक्ने अनुमान लगाएका छन् । 
 
चलचित्र विकास बोर्डको झमेलापछि निर्माण भएको २ वर्षपछि फिल्म प्रदर्शन आउन लागेको निमार्ण पक्षले जनाएको छ । सेन्सरसिपका नाममा बोर्डले अनावश्यक झमेला दिएको निर्माण पक्षको आरोप छ । 
 
गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । 
 
यो फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजाबाजा’ निर्माण भएको हो । 
 
भिडियो :-