मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म प्रचारमा किन हराउँछन् अर्पण ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/09
फिल्ममा काम गरिसकेपछि आफ्नो धर्म सकिएको ठान्ने कलाकारहरु नेपालमा प्रशस्त छन् । बेलाबखतमा निर्माता र निर्देशकले फिल्म प्रचारमा कलाकारको साथ नपाएको गुनासो मिडियामाझ पोख्ने गर्दछन् ।
 
एउटा फिल्ममा लाखौं लगानी गर्ने निर्माताले कलाकारको साथ नपाउँदा घर-खेत नै गुमाउनु परेको उदाहरण पनि नेपाली क्षेत्रमा नदेखिएको होइन । 
 
यो कुरा अलि बढी स्टार कलाकारको हकमा लागू हुन्छ । राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल, रेखा थापा, प्रियंका कार्की, सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकारमाथी प्रायः फिल्म प्रचारको समयमा बेपत्ता हुने गरेको आरोप लाग्ने गरेको छ । यो भीडमा आफूलाई पनि उभ्याउन सफल भएका अभिनेता हुन् अर्पण थापा । 
 
उनले जुन फिल्ममा अभिनय गर्छन् त्यसमा उनको भूमिकाको सर्वत्र तारिफ हुन्छ । 'वीर विक्रम', 'लप्पन छप्पन', 'धन्दा' जस्ता फिल्ममा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले उत्कृष्ट भनेका थिए । 
 
लिड होस् वा सपोटिङ रोल नै किन नहोस्, उनी पछिल्लो समय राम्रो विकेका अभिनेतामा पर्दछन् । तर, उनीमाथि रिलिजको समयमा फिल्म प्रचारमा हिँड्दै नहिँड्ने कलाकारको आरोप लाग्ने गर्छ । 
 
गएको महिना अर्थात्, पुषमा उनी अभिनीत दुई फिल्म प्रदर्शनमा आए । 'फिर्के' र 'बटरफ्लाई' । यी दुवै फिल्ममा उनको मुख्य भूमिका थियो । तर, उनी यी दुई फिल्मको प्रचारमा अनुहार देखाउन समेत उपस्थित भएनन् । फोनमा आउने जानकारी दिएपनि भोलीपल्ट उनको फोन उठ्ने नगरेको धेरै निर्माताको गुनासो छ । 
 
अर्पणले 'मुखौटा', 'आधा लभ' र 'सुनकेशरी' फिल्म निर्देशन समेत गरिसकेका छन् । आफ्नो फिल्मको प्रचारमा कलाकार नहिँड्दा कस्तो होला ? उनलाई यसको अनुभव हुन अत्यन्त आवश्यक देखिन्छ । फिल्ममा काम गरिसकेपछि प्रचारमा पनि साथ दिनु एउटा कलाकारको धर्म हो । अब अर्पणले यो बुझ्न जरुरी छ ।