मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकसाथ काम गर्दै आमिर र रणवीर

एजेन्सी, मुम्बई, 2018/02/09
मिस्टर परफेक्सनिस्ट आमिर खान र अभिनेता रणवीर सिंहका फ्यानका लागि खुसीको खबर बाहिर आएको छ । बलिउडको गल्लीहरुमा अहिले चर्चा छ कि यी दुई अभिनेता चाँडै एकसाथ काम गर्दैछन् । 
 
सुत्रका अनुसार, कमर्शियल एडका लागि यी दुई सुपरस्टार २ महिनापछि सुटिङ सुरु गर्दैछन् । मिड डेको रिपोर्ट अनुसार, आमिर खान र रणवीर सिंहको यो एड फिल्मभन्दा निकै दमदार हुनेछ । कमर्शियलको उत्कृष्ट कन्टेटका कारण यी दुई अभिनेताले एकसाथ काम गर्न तयार भएका हुन् । 
 
 
केही दिन अगाडि चर्चा थियो कि आमिर खानले राकेश शर्माको बायोपिक फिल्ममा एक महत्वपूर्ण भूमिकाका लागि रणवीरको नाम मेकर्सलाई सिफारिस गरेका थिए । तर, पछि आमिरले यो प्रोजेक्टबाट नै हात झिके । 
 
फिल्म नभएपनि कमर्शियल नै सही, कमसे कम यी दुईलाई दर्शकले एकसाथ त देख्न पाउँदैछन् ।  रणवीर सिंहको आलिया भट्टसँगको ट्राभल बेवसाइटको एड निकै पपुलर भएको थियो । 
 
यस्तै, टिभीमा आउने आमिर खानको एड निकै यूनिक हुने गर्छ र दर्शकको ध्यान खिच्न सफल हुन्छन् । अहिले आमिर 'ठग्स अफ हिन्दोस्तान' को सुटिङमा व्यस्त छन् भने रणवीर सिंह 'पद्मावत' को सक्सेस इन्जोय गर्दैछन् ।