मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’ लिएर २ वर्षपछि हल छिरे अनमोल

फिल्मीखबर, काठमाण्डौ, 2018/02/09
अन्ततः झण्डै डेढ वर्षको लामो प्रतिक्षाको घडि आजबाट समाप्त भएको छ । आज शुक्रबारबाट फ्राइडे रिलिजको परम्परा धान्दै युवा स्टार अनमोल केसी अभिनीत यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’ देशैभर प्रदर्शनमा आएको छ । यो फिल्मसँग जुध्न कुनै पनि नेपाली फिल्म हलमा छैनन् ।
 
तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ रिलिज भएको छ । ‘प्याडम्यान’ ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । तर, सयको आसपासमा सिंगल हल पाएको छ । यसअघि रिलिज भएका अनमोलका फिल्मले सिंगलभन्दा मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएका थिए ।
 
यसपटक अनमोल स्वयंम ‘यति यति पानी’ बोलको गीतले पनि सिंगल थिएटरमा दर्शकको चाप हुनेमा विश्वस्त छन् । लगातार चार फिल्ममा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् । 
 
 
फिल्मको शुक्रवार ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान छ । मंगलवार साँझ बाटै मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो । अनमोलको क्रेज र फिल्मको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । फिल्मलाई चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिइरहेका छन् । 
 
हास्यकलाकार दीपकराज गिरीले अनमोललाई ‘रियल सुपरस्टार’ भन्दै फिल्मको सफलताको शुभकामना दिए । यो फिल्ममा अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् । बदलाको कथा बोल्ने ‘कृ’ मा सुवास गिरी र भूवन केसीको लगानी छ । 
 
युट्युबमा अपलोड गरिएको लगभग डेढ महिनामा फिल्मको ट्रेलरको भ्युअर्स २२ लाखभन्दा माथि पुग्नुले पनि युवा दर्शकहरू यो फिल्म हेर्न लालयित रहेको बुझ्न सकिन्छ । यस्तै, 'यति यति पानी' गीतलाई १ महिनामा ६४ लाख र 'मैले जानी नजानी' गीतलाई ३ दिनमा ११ लाख बढी भ्युअर्स प्राप्त छ । 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।