मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2018/02/08
 
दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको आरोपमा प्रहरीले चर्चित नेपाली फिल्मका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई ठमेलबाट पक्राउ गरेको छ । 
 
बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले खड्गीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । 
 
खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यामसमेत लिएको छ ।
 
मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको भन्दै केही दिन अगाडि राजेन्द्र खड्गी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।