मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राम्रो स्क्रिप्ट ल्याउनुस् म लेख्नै छाडिदिन्छु : खगेन्द्र लामिछाने

फिल्मीखबर, काठमाण्डौ, 2018/02/08
मिडियाको गसिप पान्नामा आजसम्म नअटेका एकमात्र नेपाली कलाकार हुन् खगेन्द्र लामिछाने । उनलाई चिन्नेहरु पनि सरल स्वभाबका व्यक्तिको रुपमा चिन्दछन् । उनी जति सशक्त लेखक हुन त्योभन्दा कम छैन उनको अभिनय । 
 
उनका जुन फिल्म हलमा लाग्दछन् त्यसले फरक छाप बनाएका छन् । दर्शकहरु यो मान्न अस्वीकार गर्दैनन् कि खगेन्द्रले आम नेपालीको व्यथा आफूले निर्वाहा गरेको चरित्रमा बोकेका हुन्छन् । 
 
सबै भूमिकामा फिट देखिन उनी सिपालु छन् । ‘बधशाला’ बाट फिल्ममा डेब्यु गरेका उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’ जस्ता फिल्ममा काम गरिसकेका छन् । उनी अभिनीत नयाँ फिल्म ‘डमरुकोे डण्डीबियो’ चाँडै प्रदर्शनमा आउँदैछ । 
 
 
तर, उनी किन आफ्नै कथा भए मात्र फिल्ममा काम गर्छन् ? बिहीवार आफू अभिनीत नयाँ फिल्म ‘जय भोले’ को घोषणा सभामा उनले यस विषयमा मुख खोले ।
 
‘राम्रो स्क्रिप्ट ल्याउनुस् म लेख्नै छाडिदिन्छु । मैले यसो भन्दा राम्रो स्क्रिप्ट कसैले लेख्दैनन् भन्न खोजेको होइन तर म कहाँ चाहिँ राम्रो स्क्रिप्ट आइपुगेका छैनन् ।’, खगेन्द्रले भने । 
 
‘धनपति’ रिलिजपछि उनले आफ्नै कथा र अभिनय भएको खण्डमा एक फिल्म बापत २५ लाख पारिश्रमिक माग गरेको खबर बाहिर आएको थियो ।
 
पत्रकारको यही प्रश्नमा उनले अगाडि भने, ‘यो ठूलो रकम भयो र ? म यतिमा अहिले फिल्म गदिनँ ।’ सायद, उनी भन्न खोज्दै थिए, ‘अहिले मेरो पारिश्रमिक २५ लाखभन्दा धेरै माथि छ ।’