Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘मंगलम’ ट्रेलर रिलिज, शिल्पाको प्रेममा पुष्प र पृथ्वी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/08
 
नायिका शिल्पा पोखरेल स्टारर फिल्म ‘मंगलम’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ‘पर्ख पर्ख मायालु’ र ‘बम्पर उपहार’ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको ट्रेलर कलरफूल छ । 
रोदन, एक्सन, प्रेम देखाइएको ट्रेलरमा शिल्पाको प्रेममा नायक द्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ ‘दिवाना’ भएका छन् । पुष्पसँग प्रेम हुँदा-हुँदै शिल्पाले पृथ्वीसँग विवाह गर्छिन् । पुष्पलाई प्यारालाइसिस हुन्छ । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अटाएकी छिन् । 
 
नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । 
 
फिल्ममा मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको अभिनय छ । नायिका साम्राज्ञी ‘मंगलम’ मा केमियो भूमिकामा छिन् । 
 
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । यो फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)