Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमानको नाममा २०१९ को ईद र क्रिसमस !

एजेन्सी, मुम्बई, 2018/02/08
फेस्टिभल रिलिजको फर्मूला बलिउडमा निकै हिट छ र यही कारण कुनै स्पेशल दिनमा ठूला भनिएका बलिउड सुपरस्टारका फिल्म रिलिज हुने गर्दछन् । वर्ष २०१७ को ईद र क्रिसमस सलमान खानको नाममा रहेको थियो । ईदमा उनको फिल्म 'ट्यूबलाइट' रिलिज भएको थियो भने क्रिसमसमा 'टाइगर जिन्दा हे' । 
 
सलमानको 'टाइगर जिन्दा हे' ले धमाकेदार विजनेश गरेको छ र अब उनले अर्को वर्ष अर्थात्, २०१९ को ईद र क्रिसमस पनि आफ्नो नाममा गरेका छन् ।  
 
सलमानको नयाँ फिल्म 'भारत' अर्को वर्ष २०१९ को ईदमा रिलिज हुँदैछ । यस्तै, वर्ष २०१४ मा आएको उनको हिट फिल्म 'किक' को सिक्वेलको पनि निर्माण घोषणा गरिएको छ । 'किक २' अब अर्को वर्षको क्रिसमसमा रिलिज हुने कन्फर्म भएको छ । 
 
 
'किक' मा सलमान खानसँग ज्याकलीन फर्नान्डिज र रणदीप हुड्डा प्रमुख भूमिकामा थिए । 'किक' निर्देशक सादिज नाडियावालाको २ सय करोड कमाउने यो पहिलो फिल्म बनेको थियो । 'किक २' को निर्देशन पनि साजिद आफैंले गर्नेछन् । 
 
यो फिल्ममा सलमानको अपोजिटमा कुन हिरोइन हुनेछिन् त्यसको खुलासा भने भएको छैन । अहिले सलमान आफ्नो नयाँ फिल्म 'रेस ३' को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनी फेरि एकपटक ज्याकलीनसँग देखिँदैछन् । बबी देओल, साकिब सलीम र डेजी शाह पनि फिल्ममा लिड रोलमा छन् । 
Most Visited News (monthly)