Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोग

फिल्मीखबर, काठमाण्डौ, 2018/02/08
 
नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । खड्गी नेपाली फिल्ममा सर्वाधिक द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । पछिल्लो समय भने उनी फिल्मबाट टाढा छन् । 
 
आजको ‘नयाँ पत्रिका दैनिक’ मा छापिएको खबर अनुसार, खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । 
 
प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो । 
 
‘निर्देशक खड्गीविरुद्ध अनुसन्धान हुँदै छ । उनीविरुद्ध मानव तस्कर गरेको अरोप छ । सोहीअनुसार जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेको हो । उनले मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको उजुरी परेको छ । घटना सम्बन्धमा अनुसन्धान हुँदै छ । वास्तविकता अनुसन्धानपछि खुल्नेछ,’ स्रोत भन्छ ।
Most Visited News (monthly)