Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हुर्रे’ ट्रेलर : अंकित र राजारामसँग केकीको नाटकी माया

फिल्मीखबर, काठमाण्डौ, 2018/02/07
 
फागुन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, मित्रता, वियोग, धोका र कमेडी पाटोलाई देखाइएको छ । 
 
अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका पुरुष पात्र नायिका केकी अधिकारीको पछि-पछि देखिन्छन् । ट्रेलरमा चर्चित संगीतकार राजनराज सिवाकोटी पनि प्रस्तुत छन् । 
 
नायक अनुप विक्रम शाहीसँग केकीको लभ सिन पनि ट्रेलरमा अटाइएको छ । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माण छ ।  
 
फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।
 
ट्रेलर :-
Most Visited News (monthly)