जिटिभीको नृत्यमा आधारित रियालिटी शो ‘डान्स इन्डिया डान्स सिजन–४’ मा आफ्नो दमदार नृत्यबाट सबैलाई आश्चर्य चकित बनाएका ‘नेपाली ठिटोज’ का सुनिल क्षेत्रीले अब फिल्ममा अभिनय गर्ने भएका छन् ।
सिल्भर लेक पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘चि मुसी चि’ मा सुनिलको जोडीको रुपमा अलिशा शर्मा देखिँदैछिन् । उनी पनि चर्चित नृत्यांगना हुन् ।

'सकुन्तला' फेम निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्ने म्यूजिकल थ्रिलर विषयमा निर्माण हुन लागेको फिल्ममा कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की, रश्मी भट्ट लगायतका कलाकारले पनि अभिनय रहनेछ ।
काठमाडौं, इलाम र पोखरामा छायांकन हुने फिल्म महेश्वर खत्री र सुवास भुर्तेलले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता शिवराज कार्की हुन् भने अरुण गुरुङ र अनिल श्रेष्ठ चलचित्रका सह-निर्माता हुन् ।
‘चि मुसी चि’ मा बासु न्यौपानेको छायांकन, अष्ट महर्जनको एक्सन, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, सुरज अधिकारीको संगीत रहनेछ ।

