Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२०१९ मा बिहे गर्ने कंगनाको घोषणा

एजेन्सी, मुम्बई, 2018/02/07
 
बलिउड ‘क्विन’ कंगना रनावटले अब विवाह गर्ने मूड बनाएकी छिन् । लामो समय नायक ऋतिक रोशनसँगको प्रेममा रहेकी उनी अहिले सिंगल रहेको बताउँछिन् । तर, उनले वर्ष २०१९ मा विवाह गर्ने तयारी गरेको बताएकी छिन् ।  
 
केही दिन अगाडि मुम्बईमा भएको 'ल्याक मी फेसन विक' मा प्रस्तुत भएकी कंगनालाई त्यहाँ पत्रकारले बिहेको बारेमा सोधे । सोही बेला उनले आफ्नो विवाहको मिति घोषणा गरेकी हुन् । ‘मलाई अर्को वर्षको फेबु्रअरीसम्म समय दिनुस् । म विवाहित भइसकेकी हुनेछु ।’ उनले भनिन् ।
 
कंगनाले गएको महिना प्रदर्शनमा आएको फिल्म 'सिमरन' हिट भएको खण्डमा वर्ष २०१७ भित्रै विवाह गर्ने घोषणा गरेकी थिइन् । तर, 'सिमरन' फ्लप भयो । 
 
फिल्मले बक्स अफिसमा कमाल नगरेका कारण आफ्नो विवाहको मिति पोस्टपोन्ड भएको उनको भनाई छ । 
Most Visited News (monthly)