Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चपली गर्ल’ परमिताले बनाइन् वरुणलाई ‘साथी’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/06
फिल्म ‘चपली हाईट २’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका परमिता राज्यलक्ष्मी राणा अहिले मुम्बईमा छिन् । डेब्यु फिल्म असफल हुँदा उनको हातमा अहिले राम्रो प्रोजेक्ट परेका छैनन् । अभिनय सिक्नका लागि उनी केही महिनादेखि मुम्बईमा रहेको स्रोत बताउँछ । 
 
यस्तैमा उनले बलिउड स्टार वरुण धवनलाई ‘साथी’ बनाएकी छिन् । आइतवार परमिताले आफ्नो इन्स्टाग्राममा वरुणसँगको एक तश्बिर राख्दै ‘नयाँ साथी बनाएँ’ भन्दै क्याप्सन लेखेकी छिन् । उनले ‘तपाईंहरु सबैले उसलाई चिन्नु हुन्छ नि हैन ?’ भन्दै प्रश्न पनि गरेकी छन् । 
 
 
उनले वरुणसँग एक डिस्कोमा डान्स गरेको भिडियो पनि इन्स्टामा शेयर गरेकी छिन् । तश्बिरमा वरुणले परमिताको काँधमा हात राखेका छन् । यी दुई वर्षौदेखिका मिल्ने साथी हुन् झैँ अनुमान तश्बिरबाट लगाउन सकिन्छ । परमिता, नायक आयुष्मान देशराज जोशीकी पूर्वप्रेमिका समेत हुन् । 
 
पछिल्लो समय नेपाली सेलिव्रेटीले बलिउड स्टारसँग खिचेका तश्बिरले नेपाली सञ्चारमाध्यममा राम्रै स्थान पाउने गरेका छन् । यसअघि नायिका द्वय जेनिशा केसी र सुष्मा कार्कीले बलिउड स्टार सलमान खानसँग खिचेको तश्बिरको ठूलै चर्चा पाएको थियो ।
Most Visited News (monthly)