Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बैशाख ७ मा आउने भयो ऋचाको ‘सुपर गोर्खे’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/06
 
गएको मंसिर २९ गतेलाई प्रदर्शन मिति तोकिएपनि प्रदर्शनमा आउन नसकेको नायिका ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित फिल्म ‘सुपर गोर्खे’ को नयाँ रिलिज डेट घोषणा गरिएको छ । अब पोस्टपोन्ड नहुने भन्दै फिल्मलाई वर्ष २०७५ बैशाख ७ गतेबाट देशव्यापी प्रदर्शनमा ल्याइने ऋचाले जानकारी दिइन् । 
 
उनले प्राविधिक कारणले फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको पनि बताइन् । यस्तै, उनले अप्रिल ८ तारिखमा अष्ट्रेलियामा पनि ‘सुपर गोर्खे’ लाग्ने जानकारी दिएकी छन् । फिल्मलाई राज थापाले निर्देशन गरेका हुन् । 
 
अविर हाउस प्रोडक्सन प्रा.लि.को प्रस्तुती रहेको फिल्ममा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ । 
 
किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् । विवाहपछि ऋचाको यो कमब्याक फिल्म हो । 
Most Visited News (monthly)