Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.85/5.00)
Text size:-
+
-

कन्फर्म : ‘जाइरा’ मा नम्रता र अनुपको जोडी बाँधिने

फिल्मीखबर, काठमाण्डौ, 2018/02/06
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ पछि गुमनाम जस्तै भएकी नायिका नम्रता श्रेष्ठ यतिबेला नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । उनले गर्ने नयाँ फिल्मको नाम ‘जाइरा’ जुराइएको छ । नम्रताले आफ्नो इन्स्टाग्राममा एक भिडियो राख्दै फिल्मको नाम घोषणा गरेकी हुन् । 
 
फिल्ममा नम्रतासँग नायक अनुप विक्रम शाहीको जोडी बाँधिएको छ । फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्ने छन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । 
 
 
एक्सन जनराको ‘जाइरा’ मा नम्रता र अनुपसँगै रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ । अहिले नायिका श्रेष्ठले फिल्मका लागि फाइट सिकिरहेकी छन् । 
 
बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहनेछ । फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् । ‘जाइरा’ मा नम्रता बक्सिङ खेलाडीको भूमिकामा देखिने स्रोत बताउँछ । 
 
ट्रेन्ड सिटर्स प्रा.लि.को ब्यानरमा बन्ने यो फिल्मको छायांकन फागुन तेस्रो साताबाट सुरु हुँदैछ । फिल्मको अधिकांश दृश्य काठमाडौंमा नै खिचिने निर्माता गोपालीले जानकारी दिए । 

Most Visited News (monthly)