Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मलार्इ गाउँले मन पर्दैन’ कसरी भन्न सक्छु : साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2018/02/06
 
यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विभिन्न कारणले मिडियाको लाइमलाइटमा छिन् । फिल्म ‘ए मेरो हजुर २’ को सफलता, आर्यनसँग फिल्म ‘कायरा’ गर्न १० लाख पारिश्रमिक र हालैमात्र बक्षस्थलमा खोपेको टयाटु काण्डले साम्राज्ञी चर्चाको पात्र बनेकी छन् । 
 
यसैबीच, केहीदिन अगाडि उनले पुराना निर्देशक एवं निर्माता अशोक शर्माको फिल्ममा गाउँले क्यारेक्टर भएपछि काम गर्न अस्वीकार गरेको भन्ने खबर सर्वत्र फैलियो । हाल फिलिपिन्समा आफ्नो नयाँ फिल्म ‘कायरा’ को सुटिङमा व्यस्त उनले यस विषयमा मुख खोलेकी छिन् । आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो स्टाटस लेख्दै आफूले गाउँले भएर फिल्म नगरेको भन्ने खबर निराधार रहेको बताएकी छिन् । 
 
उनले लेखेकी छिन्, ‘साम्राज्ञीलार्इ ‘गाउँले मन पर्दैन’ भन्ने शिर्षकमा सम्प्रेषित समाचारले गलत सन्देश दिन पुगेको कारण मेरा दर्शकहरुको मनमा पक्कै पनि चोट पुगेको छ त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिकाहरु उत्तिकै प्यारा लाग्छन र ती भूमिकाहरु निर्वाह गर्न पाए मैले केही नयाँ कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ । त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषालाई उत्तिकै सम्मान गर्ने मान्छे हुँ ।’
 
आफ्नो कामको चाप र समय अभावका कारण अफर आएका सबै फिल्ममा काम गर्न सक्ने अवस्था नभएको भन्दै उनले अगाडि लेखेकी छिन्, ‘स्क्रिप्ट मन परेको थियो, काम गर्ने टीम मन परेको थियो तर सबै कुरा मन परेर पनि समय अभावका कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिनँ ।’
 
 
‘मैले मलार्इ दिइएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलार्इ गाउँले जीवनशैली मन नपरेर काम नगरेको पनि होइन र कुनै वार्तालाप कुनै मिटिङ या कुनै समारोहमा मैले ‘मलार्इ गाउँले मन पर्दैन’ भन्ने अभिव्यक्ति दिएकी पनि छैनँ, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकि म हाम्रो देशको हरेक परिवेशलाई उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किसिमका जीवनशैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु !’ साम्राज्ञीले फेसबुकमा लेखेकी छिन् । 
Most Visited News (monthly)