मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिल क्याम्पबाट निस्किएकी हुन् सारा ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/05
एकसमय एक्सन स्टार निखिल उप्रेतीका फिल्ममा काम गर्न नायिकाहरु मरिहत्ते गर्दथे । तर, अहिले तर्किएर हिँड्न खोज्छन् । कारण, लगातार उनी अभिनीत फिल्महरु बक्सअफिसमा कमजोर साबित हुनुले पनि यो अवस्था श्रृजना भएको हो । करीब १ दशक अगाडि निखिलसँग स्क्रिन शेयर गरेका नायिकाहरुले राम्रै चर्चा कमाएका थिए । 
 
तर, नायिका सारा सिर्पालीलाई भने निखिलसँग स्क्रिन शेयर गर्नु ठूलो सजाय भोगे झैँ भएको छ । उनको डेब्यू फिल्म थियो ‘रुद्र’ । र, गएको दुई हप्ता अगाडि प्रदर्शनमा आएको दोस्रो फिल्म थियो ‘पिंजडा ब्याक अगेन’ । यी दुवै फिल्ममा निखिलको प्रमुख भूमिका थियो । तर, बक्सअफिसमा यी दुवै फिल्मले पानी समेत भन्न पाएनन् । यसले निखिलको स्टारडममाथि प्रश्न त उठेको छ नै उता सारालाई भने निकै ठूलो घाटा भएको छ । 
 
लगातार दुई फिल्ममा काम गर्दा उनलाई निखिल क्याम्पकी हिरोइन समेत भन्न थालिएको थियो । तर, हालैमा उनले नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ साइन गरेकी छिन् । जसमा निखिल छैनन् । नायक सलोन बस्नेत लिड रोलमा छन् । आइतवार यो फिल्मको घोषणा गरियो । फिल्मलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्दैछन् । 
 
 
दुई फिल्म लगातार असफल हुँदा करिअरलाई कति घाटा भयो ? भन्ने पत्रकारको प्रश्नमा साराले जवाफ दिँदै भनिन्, ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ मा मेरो फरक-फरक भूमिका थियो । निखिल जीको फिल्ममा काम गर्दा मैले आफ्नो भर्सटालिटी देखाउन पाएँ जस्तो लाग्छ । ‘सुश्री सम्पत्ति’ मा पनि मेरो भूमिका फरक छ । आगामी दिनमा पनि म आफ्नो भर्सटालिटी देखाउन पाइरहुँ ।’ 
 
उनले आफू निखिल उप्रेती क्याम्पको हिरोइन नभएको पनि बताइन् । तपाईलाई निखिल क्याम्पबाट बाहिर निस्कन गाह्रो भएको हो ? भन्ने पत्रकारको दोस्रो प्रश्नमा उनले अगाडि भनिन्, ‘त्यस्तो होइन । म कुनै क्याम्पकी हिरोइन होइन । कुन फिल्म गर्ने वा नगर्ने भन्ने निर्णय मेरो हो ।’ 
 
उनले आफ्नो सुरुवाती फिल्म करिअर बचाउनका लागि पनि निखिल क्याम्पबाट बाहिर निस्कन आवश्यक थियो । दुई फिल्मबाट सम्भावना बोकेकी नायिकाको रुपमा यतिबेला नेपाली फिल्म उद्योगले सारालाई हेरेको छ । उनको अभिनय, लुक्स र डाइलग डेलिभरीलाई दर्शकले खुब रुचाएका छन् ।