मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’ को रोमान्टिक गीत रिलिज, अदितीसँग अनमोलको गज्जबको केमेष्ट्री (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/05
 
यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ को प्रदर्शनको काउनडाउन सुरु भइसकेको छ । यसै हप्ताको शुक्रवारबाट यो फिल्म देशैभर सोलो रिलिज हुँदैछ । महंगो लागत र युवा स्टार अनमोल केसी जोडिएका कारण पनि यो फिल्म निर्माण अगावैदेखि प्रतिक्षीत थियो । 
 
फिल्मको ट्रेलर र ‘यति यति पानी’ बोलेको गीतले यतिबेला ‘कृ’ को विषयमा विभिन्न अडकलबाजीहरु चलिरहेका छन् । कति ‘कृ’ ले नयाँ एतिहासिक रेकर्ड बनाउने तर्क गर्छन् त कतिलाई अनमोलको काम पुरानै ठर्राको त छैन भन्ने धुकचुक छ । जे जस्तो भए पनि, यो फिल्मको इनिसियल व्यापार आक्रामक हुने अनुमान धेरैले लगाएका छन् ।
 
यसैबीच, फिल्म ‘कृ’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्म रिलिज हुन ३ दिन मात्र बाँकी रहँदा निर्माण यूनिटले अनमोल र नव-नायिका अदिती बुढाथोकी फिचरिङ रोमान्टिक गीत सार्वजनिक गरेको छ । 
 
सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मैले जानी नजानी’ बोलको गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।
 
गीतको भिडियोमा अनमोल र अदिती रोमान्टिक मूडमा देखिएका छन् । हालैमात्र ३ दिन लगाएर स्कटल्याण्डमा खिचिएको गीतको लोकेशन र छायांकन पक्ष अब्बल छ । यो गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुग्नेमा निर्माण यूनिट विश्वस्त देखिएको छ । 
 
भिडियो :-

 

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
फिल्ममा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।