Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

७ वर्षपछि रेखा र रमितको भेट, सँगै फिल्म गर्दैछन् ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/05
करीब एक दशक अगाडिको ‘हट एन्ड हिट’ जोडी हो नायिका रेखा थापा र नायक रमित ढुंगाना । एक दर्जन बढी फिल्ममा एकसाथ अभिनय गरेका रेखा र रमितलाई पछिल्लो समय पर्दामा दर्शकले देख्न पाएका छैनन् । ‘एक्सन होस् वा लभस्टोरी फिल्म’ एकसमय यी दुई विनाका कमै फिल्म हलमा लाग्थे । 
 
जोडी गजबले जमिरहेकै बेला यी दुई किन खोलाको दुई किनार भए ? त्यो रहस्यमय छ । गाइँगुइँ सम्बन्ध विग्रिएको हल्ला पनि चलेको थियो । दर्शकहरु वर्षौदेखि यो जोडीको फिल्म हेर्न लालाहित छन् । तर, अनौठो त यो छ कि यी दुईको नै करीब ७ वर्षपछि भेट भएको छ । 
 
 
हाल ‘शिरफूल’ नामक फिल्मको छायांकनमा व्यस्त रेखालाई भेट्न आइतवार रमित सुटिङ सेटमा नै पुगेका थिए । वितरक गोपालकाजी कायस्थले रेखा र रमितलाई भेटाएका हुन् । रमितलाई एक्कासी देखेपछि रेखा आश्चर्यमा परेकी थिइन् । यी दुईले झन्डै १ घण्टा भलाकुसारी गरे र छुटिए । 
 
रेखा भन्छिन्, ‘रमित मेरो को-एक्टर मात्र होइन मिल्ने साथी पनि हो । तर, ७ वर्षपछि भेट भयो । रमितसँगको भेट मेरो लागि सरप्राइज हो । म निकै खुसी छु ।’ उनले आगामी दिनमा रमितसँग सँगै फिल्ममा काम गर्ने इच्छा रहेको पनि बताइन् । उनी अगाडि भन्छिन्, ‘अब म बाहिरी ब्यानरको फिल्म गदिनँ । मैले निर्माण गर्ने फिल्ममा यदी सुहाउँदो भूमिका भए रमितसँग फेरि काम गर्नेछु ।’
 
रमित र रेखाले 'देवर बाबु', 'धड्कन', 'मनमा माया', 'दुर्गा', 'सहारा', 'हामी ट्याक्सी ड्राइभर' जस्ता फिल्ममा सँगै काम गरेका छन् । यी दुईले अभिनय गरेका प्रायः फिल्महरु 'बक्सअफिस' मा हिट मानिन्छन् । 
Most Visited News (monthly)