मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब एउटै फिल्ममा ऋतिक-टाइगर

एजेन्सी, मुम्बई, 2018/02/05
 
अभिनेता द्वय ऋतिक रोशन र टाइगर श्राफलाई अब चाँडै एउटै फिल्ममा देख्न पाइने भएको छ । सिद्धार्थ आनन्दको नयाँ फिल्मको सुटिङ अगस्टबाट सुरु हुनेछ भने वर्ष २०१९ अक्टोबर २ तारिखमा रिलिज हुने भएको छ । फिल्मको नाम भने अहिलेसम्म तय भएको छैन । 
 
यशराज फिल्म्सको ब्यानरमा बन्ने यो फिल्ममा ऋतिक र टाइगर सँगै अभिनेत्री वाणी कपूरको पनि प्रमुख भूमिका हुनेछ । ऋतिक फिल्ममा टाइगरको गुरुको भूमिकामा देखिनेछन् । टाइगर र आनन्द हलिउड फिल्म फ्रेन्चाइजी 'रेम्बो' को भारतीय रिमेकमाथि पनि काम गर्दैछन् । 
 
वाणीको ऋतिक र टाइगरसँग यो पहिलो फिल्म हो । यसअघि उनी रणवीर सिंहसँग फिल्म 'बेफिक्रे' मा देखिएकी थिइन् । 'बेफिक्रे' मा वाणीको भूमिका निकै बोल्ड थियो ।  
 
ऋतिक चाँडै आफ्नो नयाँ फिल्म 'सुपर ३०' को सुटिङ सुरु गर्दैछन् । यो फिल्मको कहानी बिहारका आनन्द कुमारको वास्तविक जीवनमाथि आधारित छ ।
 
यस्तै, टाइगर पनि अहिले आफ्नो फिल्म 'बागी २' को काममा व्यस्त छन् । योसँगै उनी करण जोहरको फिल्म 'स्टूडेन्ट अफ द ईयर २' मा पनि देखिँदैछन् ।