Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्कटल्याण्डमा अनमोलसँग खुलेकी अदिती (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/04
 
युवा स्टार अनमोल केसी र नव-नायिका अदिती बुढाथोकी स्टारर बहुप्रतिक्षीत फिल्म ‘कृ’ यही हप्ताबाट देशभर प्रदर्शनमा आउँदैछ । ट्रेलर र ‘यति यति पानी’ बोलको गीतले बनाएको हाइपका कारण पनि यो फिल्मको इनिसियल व्यापार आक्रामक हुने अनुमान धेरैले लगाएका छन् ।
 
 
सोमवार फिल्मको दोस्रो गीत सार्वजनिक हुँदैछ । हालैमात्र ३ दिन लगाएर स्कटल्याण्डमा खिचिएको ‘मैले जानी नजानी’ बोलको गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ । यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । 
 
 
यसैबीच, गीत सार्वजनिक हुनुभन्दा अगाडि यसका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । जसमा, अदिती, अनमोलसँग गजबले खुलेकी छिन् । सुरेन्द्र पौडेलले फिल्मको निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
 
फिल्ममा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
Most Visited News (monthly)