Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘पञ्चायत’ ट्रेलर रिलिज, नीता बनिन् १४ वर्षे किशोरी

फिल्मीखबर, काठमाण्डौ, 2018/02/04
अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना स्टारर फिल्म ‘पञ्चायत’ को अफिसियल ट्रेलर लञ्च भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा नीतालाई १४ वर्षे किशोरी र सरोजलाई ‘गाउँका निम्ति भगवानभन्दा ठूला मान्छे’ भन्दै प्रस्तुत गरिएको छ । 
 
५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको लेखक तथा निर्देशक शिवम अधिकारीले जानकारी दिए । 
 
यो फिल्ममा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । 
 
 
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका नीताले ‘मसान’ पछि आफ्ना लागि यो फिल्म आशातित रहेको बताइन् । उनले भनिन्, ‘फिल्ममा मैले १४ वर्षे एक यूवतीको भूमिका निर्वाहा गरेकी छु । स्क्रिप्ट पढ्दा मैले यो भूमिका गर्न सक्छु जस्तो लागेको थिएन तर निर्देशकको मिहिनेतले त्यो सम्भव भयो ।’ यस्तै, अभिनेता खनालले ‘पञ्चायत’ आफ्नो लागि विशेष रहेको सुनाए । 
 
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् । 
 
यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो । यो फिल्म चैत २ गतेबाट अलनेपाल रिलिज हुँदैछ । 
 
भिडियो :-

Most Visited News (monthly)