Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलोन र साराको ‘सुश्री सम्पत्ति’ घोषणा, गेस्ट रोलमा प्रियंका !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/04
नायिका सारा सिर्पालीसँग फिल्म ‘सुश्री सम्पत्ति’ मा युवा पुस्तामाझ लोकप्रिय नायक सलोन बस्नेतले स्क्रिन साझेदार गर्ने भएका छन् । ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ बाट सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको साराकै वरिपरि यो फिल्म घुम्ने छ । 
 
‘अर्धकट्टी’ फेम निर्देशक सुब्रत आचार्यले निर्देशन गर्ने यो फिल्मको आइतवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । कमेडी जनरामा निर्माण हुने फिल्मको छायांकन फागुन १५ गतेबाट सुरु हुनेछ । निर्देशक आचार्यले फिल्मको अधिकांश छायांकन पोखरामा हुने जानकारी दिए ।  
 
उनले भने, ‘नाम अनुसार नै फिल्मको कथा तयार भएको छ । सुख सुविधामा हुर्किएकी एक युवतीको कथा फिल्मले बोल्छ ।’ वर्ष २०७५ को तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउने यो फिल्मको नाम जुराउने सञ्चारकर्मी कृष्ण भट्टराईलाई कार्यक्रममा निर्माण टीमले १० हजार नगद पनि प्रदान गर्‍यो । 
 
 
फिल्ममा नायिका प्रियंका कार्कीको गेस्ट रोल रहने छ । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि फिल्ममा प्रमुख भूमिका हुनेछ । सुरेश अधिकारीको सोलो शब्द र संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । 
 
नायिका साराले ‘सुश्री सम्पत्ति’ को कथा र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न लागेको बताइन् । नायक सलोनको भनाई पनि यस्तै छ । नायिका प्रियंका कार्कीले निर्देशक आचार्यको आग्रहमा फिल्ममा काम गर्न लागेको बताइन् । उनले भनिन्, ‘भूमिका राम्रो भएका कारण पनि फिल्ममा गेस्ट रोल गर्न लागेकी हुँ ।’ 
 
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिन प्ले अभिमन्यूकै रहेको छ । 
 
तश्बिर : मिलन ढुंगाना 
Most Visited News (monthly)