मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टर्‍यो अनुष्का र जोनको भिडन्तको खतरा

एजेन्सी, मुम्बई, 2018/02/04
 
होलीलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको अनुष्का शर्माको फिल्म ‘परी’ र जोन अब्राहमको फिल्म ‘परमाणु : द स्टोरी अफ पोखरण’ को महासंग्राम अब टरेको छ । यी दुई फिल्म मार्च २ मा एकसाथ रिलिज हुन लागेका थिए तर जोनले बक्सअफिस कलेक्सनलाई ध्यानमा राख्दै ‘परमाणु’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् । अब यो फिल्म अप्रिल ६ तारिखमा रिलिज हुनेछ ।  
 
प्रोडक्शन टीमबाट एक व्यक्तिले दिएको जानकारी अनुसार, जोनसँग योभन्दा अरु विकल्प थिएन । उनले भने, ‘परी’ मा अनुष्काको डरलाग्दो अनुहारले यसअघि नै दर्शकको ध्यान खिचिसकेको छ । नयाँ प्रोमोले सनसनी मच्चाइरहेको छ । जबकी जोनको ‘परमाणु’ को अहिलेसम्म प्रचार नै सुरु भएको छैन । हतारहतारमा रिलिज गर्नुभन्दा यो फैसला समझदारीपूर्व छ ।’
 
धेरै सफल फिल्मपछि ‘परमाणु’ जोनका लागि निकै महत्वपूर्ण फिल्म हो, यसकारण उनी कुनै पनि जोखिम मोल्न चाहँदैनन् । यो फिल्म परमाणु नगरी पोखरणमा ११ र १३ मे १९९८ मा लगातार भएको पाँच परमाणु परीक्षणमा आधारित छ । फिल्मको निर्देशन अभिषेक शर्माले गरेका हुन् । 
 
जोनको होम प्रोडक्शन हाउसमा निर्मित ‘परमाणु’ मा डायना पेन्टी र बोमन इरानीको पनि प्रमुख भूमिका छ । जोनले फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाहा गरेका छन् ।