मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलमाथि ‘ड्रिम्स’ र ‘छक्का पञ्जा’ को रेकर्ड चुनौती

मनिष अन्जान, काठमाण्डौ, 2018/02/04
अनमोल केसी अर्थात्, पैसा छाप्ने मेशिन । ‘फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले’ भन्ने स्लोक बलिउडमा खुब प्रख्यात छ । नेपालमा अनमोलको हकमा यो स्लोक लागू हुन्छ । जसरी उनका फिल्मले ‘बक्सअफिस’ मा सुनामी ल्याइरहेका छन् यसबाट पनि प्रष्ट हुन्छ कि अनमोल साँच्चै ‘अनमोल’ छन् । झन् उनको क्रेजको त कुरै छाड्यौँ । 
 
‘होस्टेल’ बाट नेपाली रजतपटमा भित्रिएका अनमोल अभिनीत पाँचौं फिल्म ‘कृ’ यही हप्ताको शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले २० लाख पारिश्रमिक लिएर अनुवन्धित भएदेखि नै यो फिल्मको प्रतिक्षामा जो कोहीँ छन् । अझ, ट्रेलरमा देखिएको अनमोलको फरक अवतारले त झन् ‘कृ’ ले बक्सअफिसमा तहल्का मच्चाउने अनुमान गरिएको छ । 
 
झन्डै डेढ वर्षपछि पर्दामा फर्किएका अनमोलका लागि पनि यो फिल्मले घरेलू बजारबाट राम्रो पैसा बटुल्न आवश्यक छ । उनको करिअरको कुरा गर्दा सबैभन्दा धेरै कमाउने फिल्म ‘ड्रिम्स’ हो । यो फिल्मको लाइफटाइम कलेक्सन ७ करोड थियो । अनमोलमाथि ‘कृ’ ले ‘ड्रिम्स’ को यो व्यापारिक रेकर्ड तोड्नु पर्ने चुनौती छ । फिल्म पण्डितका अनुसार, उनका लागि यो रेकर्ड तोड्न एकहप्ता भन्दा बढी लाग्ने छैन । 
 
 
अर्को तिर उनीको सामुन्ने फिल्म ‘छक्का पञ्जा’ को १६ करोडको कलेक्सन रेकर्ड भत्काउनु पर्ने चुनौतीको पहाड पनि खडा छ । यदी यो फिल्मको रेकर्ड कसैले तोड्न सक्छ भने अहिलेको अवस्थामा त्यो दम अनमोलमा मात्र रहेको चलचित्रकर्मी बताउँछन् । यसकारण पनि उनीमाथि ‘छक्का पञ्जा’ को एतिहासिक व्यापारिक रेकर्ड ब्रेक गर्नुपर्ने दबाब श्रृजना भएको छ । 
 
साढे ३ करोड लागतमा निर्मित ‘कृ’ ले आफ्नो लगानी सुरक्षित गर्न नेपालबाट ७ देखि ८ करोडको विजनेश गर्नुपर्छ । यसो हुँदा मात्र निर्माताको लगानी सुरक्षित हुन्छ । यतिबेला फिल्मको जुन हाइप बनेको छ यसले इनिसियल व्यापारमा ठूलो फाइदा पुग्ने अडकल काटिएको छ । 
 
आइतवारबाट त अनमोलको क्रेज र कथावस्तुमै भर पर्छ । हाईलाइट्स नेपालले डिजिटल र ओभरसिज राइट्स गरि कूल ८० लाख रुपैयाँ ‘कृ’ निर्मातालाई बुझाइसकेको छ । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । सुवास गिरी र भुवन केसी फिल्मको निर्मातामा रहेका छन् । 
 
माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।