Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माझी बस्ती निर्माणका लागि ‘कान्छी म्युजिकल नाइट’ हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/02/03
सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८’ तथा रेड कार्पेटको आयोजना गर्ने भएको छ । 
 
पाँच तारे होटल अन्नपूर्णमा आयोजना हुने कार्यक्रममा फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ टिमसहित नेपाली फिल्म र सांगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागीता हुने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन् । 
 
 
कार्यक्रममा श्वेतासँगै अभिनेता दयाहाङ राई, चर्चित गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुती दिनेछन् । 
 
यस्तै, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्यव्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेको पनि विशेष प्रस्तुती रहने कार्यक्रम छ ।  
Most Visited News (monthly)