मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘शेरबहादुर’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/03
 
फ्राईडे रिलिज अन्तर्गत यो साताको शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनरामा निर्मित फिल्म ‘शेरबहादुर’ ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रवार ४५ प्रतिशत अकुपेन्सी रहेको यो फिल्मले शनिवार ६५ प्रतिशत माथीको अकुपेन्सी कायम गरेको वितरक गोपाल कायस्थले जानकारी दिए । 
 
शनिवार ८० प्रतिशत माथिको अकुपेन्सी अपेक्षा गरिएको भएपनि दर्शक सोचे जस्तो हलमा आएका छैनन् । फिल्म हेर्ने दर्शकले भने कलाकारहरुको अभिनय र प्रस्तुतीलाई मन पराएका छन् ।
 
शनिवार फिल्मका दुई लिड कलाकार सुनिल थापा र रविन्द्र झाले गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा दर्शकसँग सेल्फी खिच्न व्यस्त देखिन्थे । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो ।
 
 
फिल्मको दुईदिने कलेक्सन आइतवार दिउँसोमात्र प्राप्त हुने वितरक कायस्थले बताए । फिल्ममा मेनुका प्रधान, कर्मा शाक्य, जान्वही बोहोरा लगायतका कलाकारहरुको पनि अभिनय छ । आर राजवंशीको निर्माण र निर्देशन रहेको फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । 
 
धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’ मा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।