मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चीनमा ‘सिक्रेट सुपरस्टार’ ले कमायो ५ सय करोड

एजेन्सी, मुम्बई, 2018/02/03
वर्ष २०१७ मा रिलिज भएको बलिउड सुपरस्टार आमिर खान अभिनीत तथा निर्मित फिल्म ‘सिक्रेट सुपरस्टार’ केही हप्ता अगाडि मात्र चीनमा प्रदर्शन भएको छ । चीनमा प्रदर्शन सँगै फिल्मले सफलताको झण्डा फहराएको छ । यो फिल्ममा जायरा वसीमले प्रमुख भूमिका निर्वाहा गरेकी छिन् । 
 
आमिरको यो फिल्मले चीनमा अहिलेसम्म ५ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत फिल्मले अहिलेसम्ममा कूल ५०९ करोड कमाएको जानकारी दिएका छन् । ‘सिक्रेट सुपरस्टार’ ले भारतमा खासै राम्रो कलेक्सन गर्न सकेको थिएन । 
 
 
भारतमा ६३ करोड कमाएको यो फिल्मले चीनमा भने लगातार एकपछि अर्को रेकर्ड तोडिरहेको छ । यतिमात्र होइन ‘सिक्रेट सुपरस्टार’ चीनको ‘बाहुबली’ बनेर सामुन्ने आएको छ । ‘सिक्रेट सुपरस्टार’ चीनमा पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । 
 
रिलिजको पहिलो दिन नै फिल्मले चीनमा भारतीय फिल्मका कयौं रेकर्ड तोडेको थियो । योभन्दा अगाडि पनि आमिरका फिल्म 'पिके', '३ इडियट्स' र 'दंगल' ले चीनमा राम्रो कलेक्सन गरेका थिए । फिल्म 'पिके' को चीनमा लाइफटाइम कलेक्शन १२७ करोड थियो तर ‘सिक्रेट सुपरस्टार’ ले यो आँकडा तीन दिनमा नै पार गरेको छ । 
 
आमिर खान र उनकी पत्नी किरण रावको निर्माण र अद्वैत चन्दनको निर्देशन रहेको फिल्म ‘सिक्रेट सुपरस्टार’ को कथा अद्वैत चन्दनले लेखेका हुन् । फिल्मले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाउँछ।