मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

दीपिका र इरफानको फिल्म नेपालमा खिचिने

एजेन्सी, मुम्बई, 2018/02/02
बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत बहुप्रतिक्षीत फिल्म 'पद्मावत' अहिले सफलतापूर्वक प्रदर्शन भइरहेको छ । जसमा उनले रानी पद्मिनीको भूमिका निर्वाहा गरेकी छिन् । योसँगै उनले अर्को फिल्मको लागि तयारी सुरु गरिसकेकी छन् । 
 
विशाल भारद्वाजले निर्देशन गर्ने नयाँ फिल्ममा 'पिकु' अभिनेत्री दीपिका र अभिनेता इरफान खानले प्रमुख भूमिका निर्वाहा गर्नेछन् । यो फिल्मको २०१८ मार्च ५ बाट नेपालमा छायांकन सुरु गरिने छ । नेपाल छायांकनका लागि फिल्म यूनिटले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । 
 
 
यसअघि यो फिल्मलाई विशालका सहायक निर्देशक हनी त्रेहानले निर्देशन गर्ने कुरा थियो । फिल्मको बारेमा निर्देशक विशालले भने, ‘मैले फिल्मको पटकथा करीब २ वर्ष अगाडि नै लेखेको थिएँ । तर यसलाई अब म निर्देशन गर्दैछु । दीपिकासँग काम गर्नका लागि म निकै उत्साहित छु किनकी मलाई उनको काम निकै मन पर्छ ।’ 
 
फिल्मको कथा उपन्यास ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित हुनेछ । नाम तय नभएको यो फिल्म क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ । फिल्मको छायांकन नेपालको कुन-कुन ठाउँमा हुनेछ त्यसको जानकारी भने प्राप्त भएको छैन । 
 
खबरअनुसार, यो फिल्ममा दीपिका पादुकोणले लेडी डन राहिमा खान उर्फ सपना दीदीको भूमिका निर्वाहा गर्नेछिन् । यी डनले आफ्ना श्रीमानको मृत्युको प्रतिशोध लिनका लागि अन्डरवर्ल्ड डन दाउद इब्राहिमको हत्याको योजना बनाउँछिन् । तर, दाउदलाई त्यो योजनाको बारेमा तुरुन्त जानकारी हुन्छ र उनले राहिमा खानको नै हत्या गर्न लगाउँछन् । फिल्म निकै नै दमदार हुने बलिउडमा अनुमान गरिएको छ ।