मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘नाका’ ट्रेलरमा विपिनको यस्तो गेटअप

फिल्मीखबर, काठमाण्डौ, 2018/02/02
भर्सटायल एक्टरको रुपमा परिचित नायक विपिन कार्की स्टारर फिल्म ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि रिलिज भएको टीजरका कारण पनि फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । 
 
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा विपिनको हेयर स्टाइल र शैली निकै भिन्न देख्न सकिन्छ । 
 
 
नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने यो फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ । 
 
अमित श्रेष्ठको लेखन र निर्देशन रहेको फिल्ममा अभिषेक सुवेदीको पटकथा छ । फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण गरेका छन् । शिशिर गुरुङ र निर्देशक श्रेष्ठ फिल्मको कार्यकारी निर्मातामा रहेका छन् । 
 
फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र प्रदर्शनमा आउन लागेको ‘नाका’ का छायाँकार चिन्तन राज भण्डारी हुन् । 
 
कार्यक्रममा ट्रेलर रिलिज सँगै फिल्मको प्रमोशनका लागि एक मोवाइल गेम समेत निर्माण गरिएको जानकारी दिइयो । उक्त गेम भने फिल्म रिलिजको केही दिन अगाडि मात्र सार्वजनिक गरिने छ । 
 
भिडियो :-