Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विग्रियो सलमान र कबीरको सम्बन्ध

एजेन्सी, मुम्बई, 2018/02/02
'बजरंगी भाईजान' का निर्देशक कबीर खान र बलिउड सुपरस्टार सलमान खानको सम्बन्ध विग्रिएको खबर बाहिर आएकोे छ । पछिल्लो पटक सलमानले कबीरको फिल्म 'ट्यूबलाइट' मा काम गरेका थिए । यही फिल्मका कारण यी दुईको सम्बन्ध ठिकठाक नभएको बताइएको छ ।  
 
कबीर खान बलिउडका सफल फिल्म निर्देशकमा चिनिन्छन् । उनले सलमानसँग मिलेर 'बजरंगी भाईजान', 'एक था टाइगर', 'ट्यूबलाइट' फिल्म बनाए । फिल्मी रिलेशनसँगै यी दुई पर्सनल लाइफमा पनि निकै मिल्ने साथी हुन् । तर, हालैमात्र बाहिरिएको सलमान र कबीरको सम्बन्ध विग्रिएको खबरले बलिउडमा ठूलै तरंग उत्पन्न गरेको छ । 
 
 
यी दुईको बीच मनमुटावको कारण फिल्म 'ट्यूबलाइट' मा भएको वैचारिक मतभेद हो । रिपोर्ट्सका अनुसार, सलमान फिल्ममा केही परिवर्तन गर्न चाहन्थे तर कबीर त्यसका लागि तयार भएनन् । कबीरले आफ्नो तरिकाबाट अगाडि बढ्ने फैसला लिएपछि सलमान उनीदेखी रुष्ट भएका थिए ।  
 
सलमान अब कबीरबाट टाढा हुन खोजिरहेका छन् । हालैमा कबीरले आफ्नो नयाँ फिल्ममा सलमानसँग काम गर्ने इच्छा नभएको आशय व्यक्त गरेका थिए । कबीरको नयाँ फिल्म क्रिकेटमाथि बेस्ड छ । उनले यो फिल्ममा सलमानको ठाउँमा रणवीर सिंहलाई लिएका छन् ।
Most Visited News (monthly)