मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा रजनी भर्सेज मेनुका !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/02
 
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म हुन्- 'शेरबहादुर' र 'पटुकी' । सस्पेन्स थ्रिलर जनरामा बनेको 'शेरबहादुर' मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको जमघट छ भने 'पटुकी' मा 'परदेशी' गर्ल रजनी केसी लिड रोलमा छिन् । 
 
प्रियिमरमा उत्कृष्ट तारिफ पाएको 'शेरबहादुर' मल्टिप्लेक्स लक्षित फिल्म हो । एक हलिउड फिल्मबाट प्रभावित यो फिल्मलाई मल्टिप्लेक्समा गएको हप्ता प्रदर्शनमा आएको बलिउड फिल्म 'पद्मावत' बाधक बन्न सक्ने चलचित्रकर्मीको विश्लेषण छ । अझै पनि 'पद्मावत' हेर्ने दर्शकको संख्यामा कमी आएको छैन । यसकारण पनि 'शेरबहादुर' को सामुन्ने चुनौतीको पहाड खडा छ । 
 
फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । 
 
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।  
 
यस्तै, नारीप्रधान फिल्म बताइएको ‘पटुकी’ मा जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । 
 
सिंगल थिएटर लक्षित ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । फिल्मका निर्देशक राम नेपाल हुन् ।