मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

गौरव र अनुको ‘पसिना’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/02/01
 
‘साइँला’ उर्फ गौरव पहारी र नायिका अनु शाह स्टारर फिल्म ‘पसिना’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । श्रमिकहरुको पीडा बोल्ने फिल्मको ट्रेलर रिलिज सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्देशक आर.वि. खत्री ‘शरद’ ले ‘पसिना’ मजदुर दिवसको अवसर पारेर वर्ष २०७५ को बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिए । 
 
फिल्ममा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ । नन स्टप क्रियशनको ब्यानरमा निर्मित ‘पसिना’ का कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल रहेका छन् ।
 
फिल्ममा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको फिल्मलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । 
 
शिब वि.कको नृत्य निर्देशन रहेको फिल्ममा देब महर्जनको द्वन्द्व रहेको छ । लक्ष्मी गिरी र रामकाजी बस्नेत सह-निर्माता रहेको फिल्मका छायाँकार राम के.सी. हुन् । 
 
भिडियो :-