मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नराम्रो फिल्म नचल्दा पनि हुन्छ : सौगात मल्ल

फिल्मीखबर, काठमाण्डौ, 2018/02/01
गएको हप्ता फिल्म ‘लालपुर्जा’ मा देखिएका भर्सटायल एक्टर सौगात मल्ल अभिनीत नयाँ फिल्म ‘पञ्चेबाजा’ फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यस वर्ष सफल फिल्मको नाम आफ्नो लिस्टमा इन्ट्री गर्न नपाएका सौगात ‘पञ्चेबाजा’ बाट आशावादी रहेको बताउँछन् । उनी भन्छन्, ‘गाउँले कथामा फिल्म बनेको छ । म फरक भूमिका गर्न रुचाउने मान्छे । यो फिल्ममा पनि केही फरक गर्ने प्रयास गरेको छु ।’ 
 
बिहीवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले ‘पञ्चेबाजा’ आफ्नो वास्तविक जीवनसँग नजिक रहेको पनि बताए । ‘म थिएटर हुँदै फिल्ममा प्रवेश गरेको हुँ । फिल्ममा पनि मैले थिएटरको एक कलाकारको भूमिका 'प्ले' गरेको छु । म स्क्रिप्ट पढ्दा खेरि नै उत्साहित थिएँ । सायद पहिलो पटक म थिएटर कलाकार भएरै फिल्ममा प्रस्तुत भएको छु ।’ सौगात भन्छन् ।
 
 
‘लालपुर्जा’ असफल भएपछि यसको असर ‘पञ्चेबाजा’ लाई पर्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले अगाडि भने, ‘पञ्चेबाजा’ राम्रो छ भने असर गर्दैन । अनि, नराम्रो छ भने त नचल्दा पनि मलाई कुनै फरक पर्दैन । फिल्म राम्रो छ भने चाहिँ चल्नु पर्छ भन्ने हो ।’
 
फिल्मकी नायिका जस्मिन श्रेष्ठले ‘पञ्चेबाजा’ आफ्नो महत्वकांक्षी प्रोजेक्ट रहेको बताइन् । उनी भन्छन्, ‘फिल्मको कथा उत्कृष्ट लागेपछि काम गरेकी हुँ । दर्शकलाई फिल्मले मनोरञ्जन दिनेमा म ढुक्क छु ।’ उनले फिल्म ‘लुट’ हेरेपछि नायक सौगात मल्लको फ्यान भएको पनि बताइन् । निर्देशक  घनश्याम लामिछानेले फिल्ममा एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको बताए । 
 
यस्तै, निर्माता राजेश शाही ‘पञ्चेबाजा’ सफल हुनेमा विश्वस्त देखिन्छन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा सौगात र जस्मिनका अलावा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।