मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पल र आँचलको सुहाएको जोडी (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/01
 
‘नाई नभन्नू ल ४’ बाट नायक पल शाह र नायिका आँचल शर्माले एकसाथ फिल्ममा डेब्यु गरे । यो फिल्म बक्स अफिसमा सफल हुँदा यी दुईको करिअरलाई ठूलो सास मिल्यो । यसपछि त आँचल, पलकै जोडीको रुपमा मात्र देखिँदै आइरहेकी छिन् । 
 
 
‘जोनी जेन्टलम्यान’ हुँदै चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शत्रु गते’ मा समेत दर्शकले यो जोडीलाई फेरि एकपटक हेर्न पाउनेछन् । ‘जोनी जेन्टलम्यान’ रिलिजको संघारमा रहँदा प्रेममा रहेको गाइँगुइँ हल्ला चलेपछि उनीहरु एकअर्कालाई मिल्ने साथी मात्र बताउँछन् । 
 
 
चुलबुले स्वभावकी आँचल, पलसँग काम गर्दा सहज महशुस हुने बताउँछिन् । पलको तर्क पनि यस्तै छ । हुनत, यो जोडीलाई रिलमा मात्र होइन रियलमा पनि श्रीमान-श्रीमती बनेको हेर्न चाहने दर्शक कम्ता छैनन् । 
 
 
अहिले पललाई एउटा प्रश्नले खुब सताएको छ । उनी कुनै फिल्म साइन गर्नु अगाडि आँचललाई नायिकामा सिफारिस गर्छन् रे ? बुधवार क्यूज सिनेमा हलमा फिल्म ‘शत्रु गते’ को ‘पिरतीको बर्को’ गीत रिलिज कार्यक्रममा भेटिएका पलले फिल्मीखबर डटकमका पत्रकार मनिष अन्जानसँग अनौपचारिक कुराकानीमा आफूले कहिले पनि आँचललाई नायिकामा सिफारिस नगरेको दाबी गरे । 
 
 
उनी भन्छन्, ‘जब मैले यस्तो कुरा सुनेँ तब म निकै दुःखी भएँ । मैले आजसम्म कुनै पनि फिल्ममा आँचल हुनु पर्छ भनेर भनेको छैनँ । हाम्रो जोडीलाई दर्शकले मन पराउनुहुन्छ तर यसको मतलब यो होइन कि म आँचललाई नै सिफारिस गर्छु ।’ 
 
 
पल अगाडि भन्छन्, ‘म भर्खर संघर्ष गरिरहेको छु । यस्ता खालका खबरले मलाई ठूलो असर गर्छ ।’  आँचल पनि यो कुराबाट निकै दुःखी छिन् । उनी गलत समाचारका कारण आफू पीडित भएको बताउँछिन् ।
 
फोटो : विवेक बस्याल