Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका र दीपाश्रीले गरे डान्स स्कुलको उद्घाटन

फिल्मीखबर, काठमाण्डौ, 2018/02/01
 
'वडा नम्बर ६' बाट सुरु भएको नायिका प्रियंका कार्की तथा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाको मित्रता अझैसम्म उस्तै छ । लाग्छ, अहिले दीपाकोे फिल्ममा प्रियंका अनिवार्य जस्तै भइसकेकी छिन् । 'छक्का पञ्जा ३' मा भने प्रियंका हुन्छिन् वा हुन्नन् चर्चाको विषय बनेको छ । तर, यी दुई अभिनीत फिल्म 'शत्रु गते' चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
दीपाश्री र प्रियंकालाई फिल्ममा मात्र होइन अहिले उद्घाटन कार्यक्रमहरुमा पनि एकसाथ देखिन थालिएको छ । मंगलबार यी दुईले मन्डिखाटरमा सञ्चालनमा आउन लागेको 'ग्यालेक्सी डान्स स्कुल' को संयूक्त रुपमा उद्घाटन गरे । 
 
कार्यकममा निर्देशक निरौलाले उक्त डान्स स्कूलले प्रतिभावान कलाकारको उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिन् । यस्तै, नायिका कार्कीले पनि  डान्स प्रतियोगिता हुनु आफैंमा राम्रो काम भएको र यस्ता प्रतियोगिता निष्पक्ष हुनु पर्ने विचार राखिन् । 
 
 
यस डान्स स्कूलले नयाँ प्रतिभाको खोजी गर्न सघाउने संस्थाका अध्यक्ष प्रकाश घलेले बताए । संस्थाले देशभरबाट नव-प्रतिभाहरुको छनौट गरेर डान्स प्रतियोगिताको आयोजना समेत गर्न लगेको संस्थाका व्यवस्थापन प्रमुख रमेश थापाले जानकारी दिए ।
Most Visited News (monthly)