मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शेरबहादुर’ लाई प्रिमियरमा मिल्यो प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/01
 
प्रायः नेपाली फिल्मको प्रिमियर रिलिजको अघिल्लो दिन अर्थात्, बिहीवार गर्ने गरिन्छ । सोच्नुहोस्, एउटा निर्माताले शुक्रवार रिलिज हुने फिल्मको प्रिमियर बुधवार नै गर्छन् भने उनी आफ्नो प्रोजेक्टप्रति ढुक्क छन् । जबसम्म आफूले बनाएको फिल्म उत्कृष्ट लाग्दैन तबसम्म निर्माताले प्रिमियर गर्ने आँट जुटाउँदैनन् । 
 
निर्माता गौरी शंकर धुजुले भने बुधवार नै फिल्म ‘शेरबहादुर’ को प्रिमियर गर्ने आँट गरे । आर राजवंशीको निर्माण र निर्देशन रहेको फिल्मको प्रिमियरमा देशका प्रख्यात कलाकारहरुको जमघट उल्लेखनिय देखिन्थ्यो । 
 
 
करिश्मा मानन्धर, आँचल शर्मा, दीपाश्री निरौला, पल शाह,  दीपकराज गिरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केदार घिमिरे, किरण केसी, गायक द्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, वितरक गोपाल कायस्थ लगायतका कलाकारहरु प्रिमियरमा पुगे । 
 
 
फिल्मका कलाकार सुनिल थापा, रविन्द्र झा, जान्वही बोहोरा पनि कार्यक्रममा उपस्थित भए । कुमारी हलमा रहेका २ मध्ये एक पर्दामा दर्शक खचाखच देखिए ।
 
ट्रेलर रिलिज विनै प्रदर्शनमा आउन लागेको सस्पेन्स थ्रिलर यो फिल्मलाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । कलाकारको तारिफ भयो । फिल्म हेरेका सबैले नेपालमा फरक खालको फिल्म निर्माण भएको सुनाए । 
 
 
यही शुक्रवारबाट रिलिज हुन लागेको ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । फिल्ममा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । 
 
 
धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।